पश्चिम नवलपरासीबाट ८० हजार मुल्य बराबरका २ वटा राँगा बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव ,नवलपरासी,समाचारदाता,फागुन १२ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको दुई वटा राँगा बरामद गरेको छ ।

प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा डोहोर्याउदै ल्याउदै गरेको अवस्थामा सरावल गाँउपालिका वडा नं. ५ वडहरा दुवौलिया बाट बरामद गरेको हो । बरामद राँगा डोरीले डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि राँगा छाडि मानिस भागेको प्रहरीले जनाएको छ । 

बरामद भएको राँगाको प्रति जिउ (गोटा) ४० हजारका दरले  ८० हजार मुल्य बराबर रहेको छ ।

बरामद भएको दुवै राँगा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *