कञ्चनमा रक्तदान कार्यक्रममा ६० जनाले गरे रक्तदान

अनलाईन न्युजपाटी  प्रिया अधिकारी  ,कञ्चन ,समाचारदाता,फागुन १२ गते।

मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल नाराका साथ  कञ्चन जेसिज बर्ष २०२१को आयोजनामा वृहत्  रक्तदान कार्यक्रम  सम्पन्न  भएको छ। जस्मा ६० जनाले रक्तदान गरेका छन।

वर्तमान अध्यक्ष  जेसि राधिका चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथी  कञ्चन  गाउँपालिकाकि उपाध्यक्ष  गोमा तरामुले कार्यक्रममा बोल्दै रक्तदान  अन्य भौतिक दान भन्दा ठूलो दान भएको बताउनु भयो। समय-समयमा रक्तदान गर्नु मृत्युको दोसाँधमा पुगेका  व्यक्तिहरुका लागि  जिवनदान हुन्छ भने रक्तदान गर्ने व्यक्तिको रगत हरेक ३-३ महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नयाँ  रगत पलाउने भएकोले खेर जाने रगतलाइ रगतको अभावमा जीवन र मृत्यु संग लडि रहेका व्यक्तिहरूलाई  उपलब्ध गराउनु नै निकै ठुलो पुण्यको काम भएको बताउनु भयो।

विशिस्ट अतिथि  समेत रहनु भएको कञ्चन  जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलले जेसिज व्यक्तिको व्यक्तित्व विकास र उद्यमशिलता संगसंगै  मानव सेवाका विभिन्न  संलग्न रहेको बताउनु भयो।

जेसि सरला ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा जेसिज बर्ष २०२० का अध्यक्ष  बाबुराम पौडेल ,सैनामैना जेसिज बर्ष २०१९का अध्यक्ष  सुभाष पौडेल  लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो।  कञ्चन १,प्रगति मा.विको प्राङ्गणमा मा भएको कार्यक्रम जेसि मोहराज पौडेलको सञ्चालन  सम्पन्न भएको थियो भने कार्यकारिणी उपाध्यक्ष राजन पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *