भारतबाट अवैधरुपमा चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,फागुन १२ गते।

अवैधरुपमा भारतबाट चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् ।

भारतबाट चाँदी बोकेर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले टोलीले चेकजाचका क्रममा आलमको साथबाट एक किलो ३९ ग्राम चाँदीको बिस्कुट फेला पारेको सशस्त्र प्रहरी उपरिक्षकले जानकारी दिएका छन् ।

पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *