अनलाईन न्युजपाटी धनी राम कोरी , कपिलवस्तु समाचारदाता, फागुन १६ गते।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको बुद्ध पद्म माध्यमिक विद्यालयको प्रांगणमा ६४४ औ जगत गुरु संत शिरोमणि रविदासजीको जन्म जयन्ती समारोह भब्य रुप मा मनाइएको छ ।
शिक्षित बनो , संगठित बनो र संघर्ष करो भन्ने मुल नाराको साथ जगत गुरु संत शिरोमणि रविदासजीको जन्म जयन्ती मनाइएको छ ।
कार्यक्रम का प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजनले जबसम्म हामीले अन्धविश्वास गर्छन् तबसम्म अगाडि बढ्न सक्दैनन । नेपाल मा रहेका सबै पार्टी हरुलाई दलितलाई प्राथमिकता दिनको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिकांस वक्ताहरुले जगत गुरु संत शिरोमणि रविदासजीको जीवनको बारेमा क्रान्तिकारी विचार धारा का रुप मा उनी थिए तर केही व्यक्तिहरुले जगत गुरु संत शिरोमणि रविदासजीलाई संतको रुपमा मात्र लिएका छन । उनी समाज परिवर्तन कसरी हुन्छ , दलितहरु अधिकार कसरी प्राप्त हुन्छ , समतामूलक समाज निर्माण कसरी हुन्छ , शिक्षित बन्नु , संगठित हुनु र संघर्ष गर्नु हुन्छ अनि अधिकार प्राप्त हुन्छ ।
नेपाल दिन प्रति दिन बलात्कारको घटना बढी रहेको छ तर धेरै जसो दलित का छोरीहरु किन बलात्कृत हुन्छ । नेपाल सरकारले दलित हरुलाई नराम्रो नजर बाट हेर्दै आएको छ । विस्तारै विस्तारै दलित संगठित हुन्छन् समय लाग्छ ।
उक्त कार्यक्रम का अध्यक्ष इन्द्र प्रसाद बौद्व , प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजन , विशिष्ट , पुर्व संविधान सभा सदस्य शान्ति देवी हरिजन , अतिथि सर्वोच्च अदालतमा कार्यरत रक्षा राम हरिवन ,समाजसेवी राम देव पासी , अधिवक्ता शैलेन्द्र अम्बेडिकर , समाजसेवी राम शरण रैदास , समाजसेवी संजय पासी , पत्रकार लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।