जन्मदिनमा खाद्यान्न सामाग्री प्रदान

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन १७ गते।

पछिल्लो समय नेपालीहरुले पश्चिमी सभ्यतालाई अंगालेर केक काटेर जन्मदिन मनाउने प्रवृति बढ्दै गएको देखिन्छ ।

विशेष गरी युवा तथा युवतीहरुले केक काट्नुका साथै इष्टमित्रहरुलाई आमन्त्रण गरी भोजभतेर गर्ने प्रवृत्ति बढ्दै अवस्थामा जनकपुरका एक युवाले भने फरक तरिकाले जन्मदिन मनाएका छन् ।

जनकपुरका युवा सोनु निधिले सोमवार जनकपुरको वृद्धाआश्रममा खाद्यान्न तथा फलफूल बितरण गरी जन्म दिन मनाएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन जितेन्द्र कर्णको विशेष उपस्थितिमा आयोजित एक समारोहकाबीच जनकपुरको रामानन्द चोक स्थित रहेको जानकी वृद्धाआश्रममा चामल, दाल, तेल, सोयाविन, तरकारी, फलफूल लगायतका करिव २० हजारको सामाग्री प्रदान गरेको जनाइएको छ ।

निधी सोमवार २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *