अनलाईन न्युजपाटी नवलपरासी,समाचारदाता,फागुन १८ गते।
पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षकका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उहाँका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।
दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।