कृष्णनगरमा अक्सिजन सहितको १५ सय्याको आइसोलेसन वार्ड

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख २६ गते। 

कोरोना भाइरस संक्रमितको उपचारका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

कृष्णनगर नगरपालिका ९ बहादुरगंजको राम गोरखा माविमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो । आक्सिजन कन्सेन्ट्रेटर, सिलिन्डर सहित स्वास्थ्यकर्मी लगायतका व्यवस्थापन गरि यसै हप्ता थप १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र गतिमा भैरहेको नगरप्रमुख शाहले बताउनु भयो ।

नगरको नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि सिमानाकामा स्वास्थ जाँच केन्द्र स्थापना गरेको र नेपाल भित्रिने प्रत्येक नेपालीको पीसिआर टेस्ट र एन्टीजेन टेस्ट हुँदै आएको कृष्णनगर नगरपालिकाको उपप्रमुख सबनम खातुनले जानकारी दिनुभयो ।

नगरबासीको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माणलाई प्राथमिकता दिएको उप प्रमुख खातुनले बताउनु भयो ।

कृष्णनगर क्षेत्रमा कोभिड संक्रमितको संख्या बढ्दै गरेको हुन्ले अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्किले जानकारी दिनुभयो ।

भारतसगं सिमाना सटेकोले संक्रमित बढेकोले सामुदायमा सचेतना मुलक कार्यक्रम सन्चालन गरेको अधिकृत कार्कीले बताउनु भयो ।

कृष्णनगरमा ७५ जना कोभिड संक्रमित रहेका छन । सबैको अवस्था समान्य रहेको कृष्णनगर स्वास्थ शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *