महोत्तरीमा पुनः १० दिन थपिए निषेधाज्ञा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो ।

यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।

जेठ १ गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्मलाई पुनः थप गरेको हो । तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *