धनुषामा पुनः थपिए एक साताका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।

जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाकलागि निषेघाज्ञा लागु गरिएतापनि संक्रमितको संख्यामा कमी नआएकोले निषेघाज्ञाको अबधी थप गरिएको हो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

सङ्क्रमण दर थोरै घटे पनि मृत्यु दर बढेको र जोखिम अझै कायम रहेको हुँदा भिडभाड रोक्न, जमघट हुन नदिन निषेधाज्ञा तेस्रो पटक जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *