अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, जेठ १७ गते।
सिरहाको लहान नगरपालिका ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक बिधालय रघुनाथपुरको नयाँ बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा राम नारायण महतो च्यन भएको छ। बिधालयको सकारात्मक सोच राखे अगाडि बढाउने महतो समिक्षा कार्यक्रममा बताए ।
बिधालयको आर्थिक सम्बेगात्क र शिक्षामा स्तर उन्तिको काम अगाडि बढाउने लहान नगरपालीका भित्र रहेको विभिन्न स्कुलको शिक्षक प्रधान अध्यापक र समाजका बुधिजिबी लाई बोलाए स्कुलको शिक्षा स्तर उन्ती कसरी हुन्छ भने विषयमा समिक्षा कार्यक्रम राखेका थिए ।
संस्था सुधार र लहानमा लक्ष्मण ललिता कुशवाहा बिधालय लहान लाई सुधार उनमुख बनाउन समाजका बुद्धिजिबिजीको सल्लाह सुझावको आत्मसात गर्दै स्कुल लाई अगाडि बढाउने अध्यक्ष महतोले बताए ।
शिक्षक र विद्यार्थी लाई स्कुलबाट कुनै किसिमको भेदभाव र अपहेलित न हुन् दिन वरिष्ठ शिक्षक रङ्ग लालसाहले समिक्षा कार्यक्रममा अध्यक्ष महतो संग आग्रह गरेका थिए ।
समन्वय सह्कार्य र सहयोगको अपरेकक्षा लिएर अगाडि बढाउने पसुपति आदर्श उच्च माध्यमिक बिधालयको एक शिक्षक सुझाव दिएका थिए।
गुन्स्तर शिक्षाको खाचो रहेको बताए।बिधालयमा विद्यार्थी भर्नामा स्कुलको मापदण्ड पुरा गरी विद्यार्थी भर्ना लिन समिक्षा कार्यक्रम बाट सुझाव आएका थिए।
शिक्षा संस्थामा गुन्स्तर शिक्षा ल्याउन राम्रो शिक्षक को टिम र स्कुलको सहकार्य हुन जरुरी रहेको छ। लहान नगरपालिकालाई पनि स्कुल प्रति सकारात्मक सोच हुनुपर्ने जरुरी रहेको बताए।उक्त स्कुल लाई नमुना स्कुल बनाउन समिक्षा कार्यक्रम निर्णय भएको हो।
स्कुलको कमि कमजोरी लाई केलाउदै सुधार उन्मुख बनाउन आग्रह गरेका थिए। समाजिक रुपले आफु वडा अध्यक्षको हैसियतले स्कुललाई आगामी बर्षमा स्कुल लाई आर्थिक सहयोग गर्ने बताए ।

बिधालय ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण महतो का अनुसार शिक्षा ऐन अनुरुप लिएर अगाडि बढाउने र आफु समाजिक ब्यक्ती भएको बताए ।
स्कुल सुधारको लागी आफु पछाडि न हटने बताउनुभयो । बिधालय को प्रधान धयापक र शिक्षक संग स्कुल सुधारको लागि सहयोगको अपेक्षा राखदै राम्रो जिम्मेवारीको भुमिका निर्वाह गर्दै अगाडि बढने बताउनुभयो ।