धनुषामा पुनः थपिए जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १७ गते।

धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । 

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । 

जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *