बिहारमा जारी लकडाउन पुनः ८ जुनसम्म थपिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ १७ गते।

भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् ।

केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाइनेछ । त्यसका लागि फरक–फरक व्यवसायका लागि फरक दिन तोकिनेछ । डीएमले यसबारे निर्णय गर्ने बताइएको छ ।

यस्तै यसअघि अत्यावश्यक कामका मात्रै सरकारी कार्यालय खुल्ने गरेकोमा अब सम्पूर्ण कार्यालय खुल्नेछन् । अपरान्ह ४ बजेसम्म २५ प्रतिशत कर्मचारी उपस्थित भएर सेवा दिने बिहार सरकारले बताएको छ ।

सरकारी कार्यालयहरु खुले पनि निजी क्षेत्रका कार्यालय भने खोल्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *