ईप्रका प्रसौनी द्धारा ३५० लिटर अवैध मदिरा नष्ट

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,जेठ १८ गते।

इलाका प्रहरी कार्यालय प्रसौनीले अवैध मदिरा तथा भट्टि नष्ट गरेको छ।

प्रहरीले विशेष सुचनाको आधारमाबारा जिल्लाको प्रसौनी गाऊपालिका वडा नम्बर १ ठुलो नौतन टोल देखि पुर्व पट्टी  रहेको सिगहा खोला स्थित लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भईरहेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी नायब निरीक्षक शयाम बाबु यादबको कमाण्डमा रहेको टोलीले घरमे संचालन गरि राखिएको २ वटा भट्टिवाट तयार भईरहेको ३५० लिटर मंदिरा र कच्चा पदार्थ ३,००० लिटर बरामद गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्ववर यादवले बताउनुभयो।

पक्राउ परेका मदिरा , भट्टि , भाडा लगाएतका सामानहरु स्थानिय जनप्रतिनिधि , संचारकर्मी लगाएतका रोहबरमा नष्ट गरेको निरीक्षक यादवले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *