लागूऔषध सहित १ जना सुनसरीबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १८ गते।

लागूऔषध सहित १ जनालाई सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हक रहेका छन् ।

सोमवार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान-५०२ नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *