सुकुम्बासी मुखियालाई सहयोगको लागी अपिल

अनलाईन न्युजपाटी,प्रमोद सहनी रौतहट ,समाचारदाता,असार ४ गते।

रौतहको मौलापुर नगरपालिका वार्ड नं ७ पथरा बुधराम घर भएको विशुनदयाल मुखिया बिन एक वर्ष देखी अत्यन्तै दुःख/पिडामा छ्न ।

मुखिया परिवारको नाममा एक धुर जग्गा जमीन पनि नभएको बताए उनले भने यो लॉक डाउनमा बिहान बेलुकाको छाक टार्न/मुख हात जोर्न  ठूलो समस्या परेको हो।

कोभिड १९ ले गर्दा झन् बढी समस्यामा परेको हो। मुखियाको घर एक वर्ष अगाडी नै वर्षाको कारणले भत्किएर क्षति ग्रस्त  भएको थियो र मुखियाको सम्पूर्ण परिवार नजिकको सामुदायिक भवनमा एक वर्ष देखी बस्दै आइरहेका छ्न। र सो  घर बाउन मुखियाले कुनै श्रोत नभए पछि आफ्ना आफ्न्त तथा इष्टमित्र नातेदारहरूसँग सहयोग मागेर  बनाएको थियो ।

यही बिच अहिलेको भिषण वर्षाको कारणले फेरी घर भत्केर क्षति ग्रस्त भएको छ। मुखिया परिवारको घर नभएको कारण पूरै परिवार फेरी सामुदायिक भवनमा बस्न पुगेको छ र अब घर बनाऊन कुनै श्रोत र साधन नभएकोले सहयोग गर्न आग्रह गरेका छन्।

सेवा नै धर्म हो भनेर सहयोगी दाताहरुसङ दसौँ औंला जोडी सहयोग गरिदिनु हुन र हामी गरीब परिवारको घर बसाई दिन सम्पूर्ण सहयोगीहरुसंग आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *