अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ५ गते।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ ।
शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षकले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ ।’