तपाईको मास्क खोइ ? अभियान

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, साउन २५ गते।

दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि बहादुरगन्जका युवाहरू ले नयाँ तरिका अपनाएका छन । ‘तपाईको मास्क खै भन्दै बहादुरगन्जका युवा सुशील गुप्ता, बद्रे आलम, मकबुल जीलानी लगायतका युवाहरू सडकमा उत्रिएका छन ।

बहादुरगन्जको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गर्दै  मास्क नलगाई हिंड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खोइ ? भन्दै मास्क समेत वितरण गर्ने गरेको सुशील गुप्ताले बताएका छन ।

कोरोना भइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गर्ने गरेको युवा बद्रे आलमले  बताएका छन ।

भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन युवाहरूले आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *