भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २५ गते।               

त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए।

स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो। 

उक्त बैठकले पहिले नै ‘रूटिन’ निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको हो।

‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि परीक्षा रोकिँदैन,’ परीक्षा नियन्त्रक जोशीले भने।

परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *