जेठी श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरेका एक व्यक्ति धनुषाबाट पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ ५ गते।

जेठी श्रीमती घरमा हुँदाहुँदै दोश्रो विवाह गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विरगन्ज महानगरपालिका वडा ११ वस्ने वर्ष २६ का विकास कुमार साह छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको टोलीले जनकपुर उप महानगरपालिका वडा नं. ४ स्थित मुरली चोकबाट विकास कुमार साह लाई पक्राउ गरेको हो ।

जेठी श्रीमती हुँदाहुँदै उनले अर्की महिलासंग विवाह गरेकाले वहुविवाह कसुरको अनुसन्धानको सिलसिलामा जिल्ला अदालतबाट ५ दिन ५ म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

पक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *