आज तराई मधेशसहित देशभर पवित्र पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।

आज तराई मधेशसहित देशभर पवित्र पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदै छ ।

यस पर्वमा दिदीबहिनीहरुले दाजुभाईलाई फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् ।

दाजुभाइहरुले पनि दिदीबहिनीको जीवनमा आइपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् । रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् ।

दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाइ मानेर राखी बाध्ने गर्छन् ।

जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्दछन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास छ ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहि आएको छ ।

पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *