अष्ट्रेलियामा जारी लकडाउन निर्णयविरुद्धमा हजारौं नागरिक प्रदर्शनमा उत्रिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ ६ गते।

लकडाउन निर्णयविरुद्धमा अष्ट्रेलियामा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्।

सिड्नीबाट प्रहरीले प्रदर्शनमा उत्रिएकामध्ये कम्तिमा २१८ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीचमा झडपसमेत भएको  छ। झडपमा कम्तीमा एक दर्जन प्रहरी अधिकारीसमेत घाइते भएका थिए।

दैनिक सङ्क्रमितको सङ्ख्या बढेसँगै यहाँको राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको थियो। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्।

यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ।

प्रहरीले लकडाउन विरूद्ध प्रदर्शनलाई रोक्न १५ सय प्रहरीलाई परिचालन गरेको थियो। प्रदर्शनलाई मध्यनजर गर्दै सिड्नी ट्रेनका मुख्य स्टेसनहरूमा ट्रेन नरोकिने र सिड्नी सिबिडीमा ट्याक्सीलगायतका यातायात साधन प्रवेशमा  समेत रोक लगाइएको थियो। 

प्रक्राउ परेका हरेक प्रर्दशनकारीले ६ हजार ४ सय ५२ डलर जरिवाना तिर्नुपर्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *