अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।
अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने भएको छ।
अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीले निर्णय गरिएको बताए।
पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ।
पोलियो खोप लगाउनसमेत सुरु गरिसकिएको उनले बताए।