मिथिला मध्यमा परिक्रमा आज बिसौल पुग्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, फाल्गुण १७ गते

मिथिला माध्यमिकी परिक्रमा आज भारतको बिसौल पुग्दै छ।

१४ औं पडाव स्थल बिसौलमा आज परिक्रमा यात्री रात्रि विश्राम गरेपछि भोलि पुनः बिहारकै कल्ना प्रस्थान गर्नेछन् । कल्ना पुगेर परिक्रमा यात्री जनकपुरधाम फर्किने छन् ।

१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *