अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ४ गते।
हिमानी शाह आइतबार जनकपुर आइपुगेकी छन् ।
हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् । ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।
पुर्व युवराज्ञीको स्वागतको लागि मन्दिरले रेड कार्पेट ओछ् याएका थिए भने मन्दिरलाई अझ आकर्षण देखिन ईलेक्ट्रिक बत्ति जलाएर झिलीमिलि पारिएको थियो । जानकी मन्दिरका रोशन दासले युवराज्ञीको स्वागतमा लागेका थिए ।