अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ७ गते।
भारतबाट छलि गरि ल्याएको लाखौ मुल्य बराबरको मालसामानसहित दुईजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
ज १त ११११ नम्बर पिकअप भ्यानमा भारत बिहारबाट अवैध रुपमा जनकपुर ल्याउदै गरेको कपडा, सारी लगायतका सामानसहित बलेकिया मुकेश साह र नाम खुल्न नसकेका भ्यान चालकलाई नेपाल प्रहरीले बुधवार विहान पक्राउ गरेको छ ।
उनीहरुलाई जनकपुरको माछा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानहरु प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाएका छन् भने पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।