आईपीएल टी-ट्वान्टी क्रिकेटमा बुधबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज ७ गते।

आईपीएल टी-ट्वान्टी क्रिकेटमा बुधबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवन ४२ तथा पृथ्वी शले ११ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो । हैदरावादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावादले ८ खेलमा २ अंकसहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *