बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २२ गते।

बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

हिजोदेखि सुरु भएको बडादसैँको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ। बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।

जनकपुरको राजदेवी मन्दिर, बौधीमाइ मन्दिर, महोत्तरीको माइस्थान मन्दिर, सप्तरीको छिन्नमस्ता सखरा भगवती मन्दिर लगायत शक्तिपीठमा बिहानैदेखि ब्रह्मचारिणी देवीको पूजाअर्चनाको निम्ति श्रद्धालुभक्तजनको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *