काठ चोरीमा गोलबजार नगरपालिकाको समेत संलग्नता रहेको स्थानीयको आरोप

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,असोज २२ गते।

सिरहाको गोलबजार वडा नम्बर ९ मा भएको काठ चोरीमा नगरपालिकाको समेत संग्लनता रहेको स्थानीयको आरोप रहेको छ्।

सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेको गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीलाई नागरिक समाज गोलबजारले कडा कारबाहीको माँग गरेका छन् ।

गोलबजार नगरपालिका ९ स्थित रहेको जोभा वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४-१ को सखुवा काठ चोरीमा वडा अध्यक्ष कामती कै संलग्नता रहेको भन्दै वडा अध्यक्ष कामतीलाई हिरासतमा लिई अनुसन्धान गर्न स्थानीयको जोडदार माँग गरेको छ।

स्थानीयले पत्रकार सम्मेलनमा करोडौ रुपैयाँ भन्दा बढीको सखुवा गोलिया चोरी भएको छ्।वडा अध्यक्ष कामतीको जग्गामा घाटगद्दी गरी उक्त काठ राखीएको थियो।

उक्त ठाउँमा हाल १० लाख बराबरको काठ समेत नरहेको स्थानीय नागरिक समाजको आरोप रहेको छ।

असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरीमा संलग्न रहेको वडा अध्यक्ष कामती कै निर्देशनमा  काठ चोरीभएका छन् ।

असोज ११ गते राती ९ बजे गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको थियो ।

जेसीबी चालक श्रवण कुमार साहले यसमा आफू कुनै दोषी नरहेको भन्दै मलाई वडा अध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान भनेपछि, लगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयामा चालक साहले ब्यान दिएका थिए।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिरहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले बताए ।

सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख सत्यनारायण यादवले गोप्य अनुसन्धानको लागी वनबाट खटाएको प्रमुख दासले बताए ।

अनुसन्धान अधिकृत यादवको टोलीले स्थानीयहरुसंग स्थलगत मुचुल्का स्थलगत अनुगमन नगरी मुचुल्का उठाएको स्थानीयको आरोप रहेको छ। काठ चोरीमा संगलन रहेको जुन सुकै संस्था वा ब्यक्तिलाई जोड दार रुपमा माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *