जनकपुरधाम उपमहानगरपालिका द्धारा मंगलवार देखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १९ गते।

जनकपुरधाम उपमहानगरपालिका द्धारा मंगलवार देखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिएका छन् ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज शाखा प्रमुख एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भडिभाडलाई मध्यनजर गर्दै पालिका भित्र रहेको सामुदायिक, निजि विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *