लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता,मंसिर २० गते।  

लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन् ।

पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन् । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए । खनाल देउवा पक्षका हुन् ।

महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *