आज विवाह पञ्चमीको चौथो दिन जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २० गते।

आज विवाह पञ्चमीको चौथो दिन जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै छ ।

त्रेता युगमा राज जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।

उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् ।

जानकी मन्दिरबाट संयौ भार र बजागाजासहित राममन्दिर भार लिएर पुगेपछि तिल्कोत्सव हुने गर्दछ ।

त्रेता युगमा जनकपुरमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी विवाह पञ्चमी मनाइने परम्परा रहँदै आएको हो ।

विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि समापन भएको छ भने सोमबार चौथो दिन तीलकोत्सव मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *