२२ देशले एक साझा बयान जारी गर्दै तालिबानलाई चेतावनी दिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २० गते।  

२२ देशले एक साझा बयान जारी गर्दै तालिबानलाई चेतावनी दिएका छन् ।

तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारी कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउने आफ्नो बचनमाथि कायम रहन अमेरिका र सहयोगी राष्ट्रले भनेको छ ।

बयानमा भनिएको छ, ‘हामी निरंकुश हत्या र मानिसहरु हराएको रिपोर्टले असाध्यै चिन्तित छौं ।’ यसअघि ह्युमन राइट्स वाचको एक रिपोर्टमा तालिबान शासनदेखि हालसम्म सयभन्दा बढी पूर्व सुरक्षाकर्मीको निरंकुश हत्या गरिएको बताएको छ । तालिबानले चार महिना अघि अफगानिस्तनमाथि नियन्त्रण गरेको थियो ।

ह्युमन राइट्स वाचले यस्ता ४७ पूर्व सुरक्षाबलको डाटा पनि जुटाएको छ जसले १५ अगस्टदेखि ३१ अक्टोबरबीच या त तालिबानको समक्ष आत्मसमर्पण गरेका थिए वा तालिबानले उनीहरुलाई पक्राउ गरेका थिए । पछि उनीहरुको हत्या गरिएको थियो । तालिबानले अफगानिस्तामा शासन सम्हालेपछि पूर्व सरकारका कर्मचारी र सैनिकलाई कुनै पनि प्रकारको हानी पुर्याइने छैन भनेर विश्वास दिलाएका थिए ।

अमेरिकाले एक संक्षिप्त साझा बयान जारी गरेको छ जसमा बेलायतसमेत युरोपेली संघ र अन्य १९ देशले हस्ताक्षर गरेको छ ।

यी देशले अफगानिस्तानमा भइरहेको हत्या र मानिसहरु हराइरहेको घटनामाथि चिन्ता व्यक्त गरेको छ र यसलाई गम्भीरताले अनुसन्धान हुनुपर्ने माग राखेको छ ।

बयानमा भनिएको छ, ‘हामी तालिबानलाई उसले उठाएको कदमको आधारमा नै मूल्याङ्कन गर्न जारी राख्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *