स्टल निर्माण वापत पशुपति आदर्श उच्च माध्यमिक बिधालयले करोडौं रुपैयाँ लिएको खुलासा

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर २३ गते।  

सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माद्य्यमिक बिधालयको अगाडि रोड नम्बर १ मा पर्ने स्कुलको जग्गामा रोडका पश्चिम् पटी बिजनेस ब्यापार गर्न बसेका  व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् ।

पीडितहरुको एक समुहले आफुहरु न त स्टल पाएको छु, नत पैसा फिर्ता पाएको छु। स्टलको लागी आफुहरु ९ बर्ष अगाडि स्कुलका तत्कालीन प्राध्यापक प्रमेश्वर रायको पालामा आफुहरु पैसा बुझाएको छु भन्दै पीडितहरुले पत्रकारहरुसंग दुखेसो पोखेका छन।

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो गरेका छन्।

 पशुपति मा.वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा साँसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत ८७ जना  व्यापारीहरुबाट कसैबाट ५ लाख ,४ लाख ,३ लाख,२ लाख  १ लाख ५० हजार गरि जम्मा १ करोड ८७ लाख बन्दा बढी ठगी गरेको पीडितहरुको आरोप रहेको छ्।

उक्त समितिका पदाधिकारी अनुसार व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन्।तर हालसम्म न त स्टल नै बनेको छ, न पैसा फिर्ता भएको छ।उठाएको करिब दूई करोड रुपैयाँ हिनामिना गरेको पीडितको आरोप रहेको छ।

तत्कालिन प्र.अ प्रमेश्वर राय र हालका प्र.अ डा.महेन्द्र चौधरीलगायतले  समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ ।’वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण प्रक्रिया शुरु नभएको देख्दा हामी बाध्य भएर कडा आन्दोलनमा उत्रेका छौ ।’ घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले सो कुरा बताए ।

संघर्ष समितिका संयोजक दासले भने ‘हामी न्यायको लागि प्रहरीमा जाँदा ठगहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाएदिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको छ ।’

आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म अब सडकबाट नफर्किने बताएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरि आन्दोलन न्याय नपाएसम्म जारी रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *