अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २४ गते।
जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।
जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।
बिहिवार रामकलेवा विधि भएसँगै यस वर्ष विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।
विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहिता जोडीलाई सुखद् दाम्पत्य जीवनको शुभकामना दिनुभयो ।