कैलारी गाउँपालिकाले माघीको अवसरमा तीन दिन बिदा दिने

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २७ गते।

कैलालीको कैलारी गाउँपालिकाले माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको हिउँदे अधिवेशनले माघी पर्व मनाउनका लागि पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले जानकारी दिइन् । थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ ।

गाउँपालिकामा थारु बाहुल्यता रहेकाले तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्षले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *