अतिक्रमणमा परेको भवन खाली गराउने क्रममा विवाद बढ्दै जाँदा सर्लाहीमा झडप

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,पुस २७ गते।

सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित बजारमा आईतवार मध्यान्ह गाउँपालिका अध्यक्ष बिक्रम यादव पक्षका मानिस र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा केही व्यक्ति घाइते भएका छन्। 

झडप हुनासाथ घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्लाबाट एसपी, डीएसपीसहितको टोली त्यहाँ पुगेको थियो। झडपमा क्रममा गाउँपालिका अध्यक्ष बिक्रम यादव चढ्ने गाडी र केही सवारीमा तोडफोड भएका थियो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार घटनास्थल अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छ। झडपको वास्तविक कारण नखुले पनि बजारमा रहेको एउटा पसल हटाउने विषयमा विवाद भई पसल सञ्चालकमाथि कुटपिट भएको र अवस्था तनावपूर्ण बनेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *