अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २७ गते।
लागुऔषधसहित सशस्त्र प्रहरीले मोरङको सुनवर्षीबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय राकेश चौधरी नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट पक्राउ परेका हुन् । पक्राउ परेका समयमा उनी पैदल हिँडिरहेका थिए । भारतबाट लुकाईछिपाई लागुऔषध लिएर आउँदै गरेको अवस्थामा चेकजाँचमा खटिएको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका चौधरीको साथबाट लागुऔषध कोडिन ३० बोतल र नाइट्राजेपाम एक सय ५० ट्याब्लेट बरामद भएको छ ।
पक्राउ परेका युवालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको एसपीको भनाइ छ ।