आज थप ४ सय ८८ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार २ सय ६८ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २७ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ सय ८८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६५ हजार २ सय ६८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८  जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *