आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २८ गते।

मंगलबार जारी पूर्वानुमानका अनुसार आज देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

हाल  देशको पहाडी भागमा भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागमा बिहानको समयमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *