कञ्चनपुरबाट लागुऔषधसहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ ४ गते।

कञ्चनपुरबाट लागुऔषधसहित एक युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर राना रहेका छन्। 

सशस्त्र प्रहरी बलले कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर राना रानालाई लागुऔषध नाइट्रभेटका ३ सय ४५ ट्याब्लेट, नगद २३ हजार ४० र मोबाइल एक थानसहित  पुनर्वास नगरपालिका–६ मनकामना टोलको जंगलबाट पक्राउ गरेको सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ। 

पक्राउपछि उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *