अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ४ गते।
जो बाइडेनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्।
बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्थ कडा पारिएको हो ।

सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ।
शुक्रवार वासिङ्टन डीसी एक जना मानिस हतियार सहित पक्राउ परेका थिए। भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए।
राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ।