आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा झापामा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी झापा,समाचारदाता,माघ ५ गते।

आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा झापाको दमकमा दुई जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करीब ९:४५ बजेतिर भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *