अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ ५ गते।
वन मुद्धाका २ जना फरार प्रतिबादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ बगुनका २३ वर्षीय महेश राना र सोही ठाउँका ३३ वर्षीय बिर्जु चौधरी रहेका छन्।
दुवैलाई जिल्ला अदालतले २०७६ असार २३ गते १/१ महिना कैद र जनही १७ हजार ७ सय ३९ रुपैँया जरिवानाको फैसला सुनाएको थियो।
दुवैलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षकले बताए।