अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ५ गते।
कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ ।
मबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख छ ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।
२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।