आज थप ३ सय २२ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ६ सय ४४ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ५ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३ सय २२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *