आजदेखि नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १४ गते।

आजदेखि नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । त्यसका लागि भारतले अनुदानस्वरूप उपलब्ध गराएको ४ लाख ५० हजार खोप देशका सातै प्रदेशमा पुर्‍याइसकिएको छ ।

विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् ।

नेपालमा पहिलो ‘कोभिशिल्ड’ खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउँदै हुनुहुन्छ । डा‍.  शुक्रराज अस्पतालका २६३ जना डाक्टर/स्वास्थ्यकर्मीले खोप लगाउने बताइएकाे छ ।

पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने कार्यक्रम छ ।

गौतमका अनुसार देशभरका ३ सय खोप केन्द्रमध्ये सात प्रदेशका १२० केन्द्रमा खोप पुगिसकेको छ । २८० केन्द्र तयार हुन बाँकी रहेकाले ती केन्द्रबाट खोप सुरू हुन भने कम्तीमा आइतबारसम्म लाग्ने गौतमले बताए ।

नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो ।

भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *