जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट २५ घर जलेर नष्ट

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १४ गते।

जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् ।   

सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकले बताए।

प्रहरी निरीक्षकका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ।

“स्थानीयवासीले दिएको सूचनाअनुसार आगलागी साँझ करिब ७ बजेतिर भएको रहेछ”, उनले भने । उनका अनुसार खबर पाउने बित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव  निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *