घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा विराटनगरबाट पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ २९ गते।

घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबारसाँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपीले जानकारी दिए ।प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । उनी विराटनगरको सेन्ट जोसेफ स्कुलका कर्मचारी पनि हुन् ।

विराटनगर–२ मै रहेको एउटा घर बिक्री गरिदिन प्रधानलाई घरधनीले आग्रह गरेका थिए । बिक्रीको तयारीमा रहेको घर किन्ने ग्रहाक खोजेका उनी ग्राहाक लिएर दिउँसो त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन् ।
प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएका रहेछन् । त्यही घर किन्ने ग्राहाकको खोजीमा जुटेका प्रधानले दिउँसो ग्राहाक लिएर गएको र साँझ पुनः त्यही घरमा पुगेर घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले पीडित पक्षबाट किटानी जाहेरी परेमा प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *