अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ५ गते।
जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
यसका साथै उनीहरूले थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन्।