अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ५ गते।
बैतडीको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ।
किटानी जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।
२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।
हत्याका आरोपी दिनेश भट्टको संलग्नताबारे बुधबार मात्र खुलेको हो । दिनेशले भागरथीलाई लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा बलात्कारपछि हत्या गरेका थिए ।